नियम ६४
कर्पोररेशनको तर्फबाट सचिवले ग्यारेण्टी दिन र ठेक्का पट्टा गर्न पाउने
समितिले चाहेमा सचिवले समितिलाई दिईएको प्रत्येक ऋणको ग्यारेण्टी दिन र कर्पोरेशनको हितको निमित्त ठेक्का पट्टा गर्न सक्नेछ र त्यसको ग्यारेण्टी दिए बापत समितिले निर्धारित गरे बमोजिम र सचिवलाई मञ्जुर हुने रकम निजलाई दिईनेछ । त्यसरी पाएको रकमलाई
सचिवले गरेको सेवा बापत पाएको पारिश्रमिक मानिने छैन ।